समाज


आमालाई चिर्पट हानेका युवकले नगरप्रहरीलाई पनि छुरी प्रहार गरे

आमालाई चिर्पट हानेका युवकले नगरप्रहरीलाई पनि छुरी प्रहार गरे

फाइल फोटो


नेपालखबर
फागुन १८, २०८१ आइतबार १९:२३,

काभ्रे खानिखोला गाउँपालिका ५ का एक युवकले आमालाई चिर्पट प्रहार गरेका छन्।

२८ वर्षका विकास भुजेलले मापसे गरी आफ्नै आमा ५० वर्षकी सुनमाया भुजेललाई चिरपटले टाउकोमा प्रहार गरेका थिए।

५० वर्षकी सुनमाया भुजेलको कान माथि टाउकोमा चोट लागेपछि उपचारको लागी प्राथामिक स्वस्थ्य केन्द्र तालढुङगा लगिएको छ।

आइतबार साँझ ५ बजेतिर आमालाई चिरपट प्रहार गरेका उनले लगतै गाउँपालिकाको कार्यालयमा पुगेर नगर प्रहरीलाई पनि छुरी प्रहार गरेको काभ्रे प्रहरीले जानकारी दिएको छ।

खानिखोला गाउँपालिका ५ का ३० वर्षीय पाल्साङ लामालाई गाउपालीकाको गेट अगाडी छुरीले प्रहार गरी घाइते बनाएको काभ्रे प्रहरीले जानकारी दिएको छ।
नगर प्रहरीको छाती र ढाडको बायाँपट्टी चोट लागेको छ।

उनलाई धुलिखेल अस्पताल पठाइएको छ। चुप्पि प्रहार गर्ने ब्यक्तीलाई प्रहरीले चुप्पिसहित नियन्त्रणमा लिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad