समाज


प्रधानमन्त्रीकाे आह्वान: म घरबाटै सरकार चलाइरहेको छु, तपाईंहरु पनि घरमैं बस्नुहोस

प्रधानमन्त्रीकाे आह्वान: म घरबाटै सरकार चलाइरहेको छु, तपाईंहरु पनि घरमैं बस्नुहोस

नेपालखबर
चैत १२, २०७६ बुधबार ११:१९,

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारबाट सुरु भएको देशव्यापी लकडाउनका बेला सबैलाई घरमै बस्न र आवश्यक कामकारवाही पनि घरबाटै गर्न आह्वान गरेका छन्।

‘म पनि घरमैं बसेर सरकार सञ्चालन गरिरहेको छु। तपाईंहरु पनि घरमैं बस्नुहोस्,’ प्रधानमन्त्री ओलीले बुधबार ट्विटमार्फत् सबैलाई आह्वान गरेका छन्।
अर्को घोषणा नभएसम्म घरमैं बस्न प्रधानमन्त्रीले आह्वान गरेका हुन्।

सरकारले कोरोना संक्रमण रोक्नका लागि मंगलबारदेखि एक हप्ता लामो देशभर लकडाउन लागु गरेको छ।

यो अवधिमा अत्यावश्यक कामका लागिबाहेक घरबाट बाहिर निस्कन रोक लगाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad