समाज


३ दिनसम्म वर्षा र हिमपातको सम्भावना (भिडिओ)

मौसमबारे बुझेर मात्रै काम र यात्राका योजना बनाउन महाशाखाको अनुरोध
३ दिनसम्म वर्षा र हिमपातको सम्भावना (भिडिओ)

शनिबार बिहान देखिएको काठमाडौँको मौसमको दृश्य


नेपालखबर
बैशाख २०, २०८२ शनिबार ७:२, काठमाडौँ

देशका विभिन्न भागमा अबको तीन दिन पानी, चट्याङ र हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

मौसमबारे बुझेर मात्रै काम र यात्राका योजना बनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ। 

मौसमविद् रोजन लामिछानेका अनुसार आज देशका हिमाली क्षेत्रका केही स्थानमा हल्का हिउँ पर्ने सम्भावना। 

त्यसैगरि पहाड र तराई क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावनासमेत छ।

‘आइतबार र सोमबार पनि मौसम पूर्णरुपमा सफा हुने देखिँदैन,’लामिछानेले भने,  ‘यी दुवै दिन देशका हिमाली क्षेत्रमा हल्का हिमपात र पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।’

पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावसँगै बंगालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाकोसमेत आंशिक प्रभाव परेकाले नेपालको मौसममा बदलाव आएको महाशाखाले जनाएको छ। 

मेघ गर्जनसहितको वर्षा, चट्याङ र हिमपातको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने अनुमान गर्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरेको छ।

अहिले काठमाडौँ उपत्यकाको मौसम पनि बदली छ। आकाशमा बादल लागेको छ। काठमाडौँका केही क्षेत्रमा राति वर्षा भएको थियो। 

हेर्नुहोस् आज देशैभरिको मौसम पूर्वानुमान

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad