समाज


अब आवेदन दिएकै दिन श्रम स्वीकृति

अब आवेदन दिएकै दिन श्रम स्वीकृति

नेपालखबर
जेठ २, २०८२ शुक्रबार १७:५, काठमाडौँ

वैदेशिक रोजगार विभागले आवेदन दिएकै दिन श्रम स्वीकृति प्रदान गर्ने भएको छ।

वैदेशिक रोजगार विभागको कार्यालय ताहचलमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै रितपूर्वक अनलाइन दरखास्त फारम प्राप्त पश्चात आवेदन दिएकै दिन श्रम स्वीकृति दिने व्यवस्था कार्यान्वयन गरिने जानकारी दिएको हो। 

आवेदन दिएकै दिन श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था अबको तीन दिनभित्र कार्यान्वयनमा ल्याइने विभागका उपमहानिर्देशक एवं प्रवक्ता चन्द्रबहादुर शिवाकोटीले जानकारी दिए।

उनकाअनुसार केहीदिन भित्रै आवेदन दिएको दुई घण्टाभित्रै श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था लागू गरिनेछ।

उनले रोजगार विभागले सेवाप्रवाहलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने गरी विभाग अगाडि बढिरहेको जानकारी दिए। सार्वजनिक सेवा प्रवाहका नवीनतम प्रविधिको सदुपयोग गरी मूर्त रूप दिन थप सकरात्मक पहल गर्दै सूचना प्रविधिमा आधारित सेवा प्रवाहलाई थप प्रभावकारी र संस्थागत गर्दै लगिने प्रतिवद्धता समेत व्यक्त गरे।

उनले सार्वजनिक सेवाको क्षेत्रमा देखिएका वैदेशिक रोजगारीसम्बन्धी ठगी, राहत, उद्दार, अनुगमन र नियमनमा थप प्रभावकारी कदम चाल्न वैदेशिक रोजगार विभाग क्रियाशिल रहेको समेत दाबी गरे।

साइबर सुरक्षा नीति र एआई नीति प्रणालीमा आन्तरिकीकरण गर्न तत्काल कार्यजोजना बनाइ लागू गरिने उपमहानिर्देशक शिवाकोटीले जानकारी दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad