समाज


काम छ भन्दै बालिकालाई घरमा बोलाएर बलात्कार गर्ने पक्राउ

काम छ भन्दै बालिकालाई घरमा बोलाएर बलात्कार गर्ने पक्राउ

नेपालखबर
चैत २७, २०७६ बिहिबार ३:१९,

बाँकेको कोहलपुरमा बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पीडितका परिवारले दिएको किटानी जाहेरीका आधारमा कोहलपुर-११ निवासी २० वर्षीय आकाश मल्ललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए।

प्रहरीका अनुसार गत आइतबार साँझ घरमा कोही नभएका समयमा घोराही ६ घर भई कोहलपुरको एकता नगर बस्दै आएका १९ वर्षीय अङ्कित गिरीले बालिकालाई काम छ भन्दै बोलाएर मल्लको घरमा लगेका थिए।

त्यहाँ उनीहरु दुवै जनाले पालैपालो बालिकालाई बलात्कार गरेका प्रहरीले जनाएको छ। पीडितले सोमबार प्रहरीसमक्ष दिएको जाहेरीको आधारमा मल्ललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अभियुक्त गिरी भने फरार छन्। पीडित बालिकाको स्वास्थ्य परीक्षण गरी घटनाबारे अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad