काठमाडौँको कीर्तिपुर नगरपालिका–६ चोभार डाँडास्थित पोखरीमा डुबेका बालकको सकुशल उद्धार गरिएको छ। सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आइतबार बिहान दोलखा घर भई हाल काठमाडौँको कालीमाटी बस्ने विवेक तामाङको सकुशल उद्धार गरेको हो।
दोलखा जिल्लाको तामाकोशी गाउँपालिका–३ घर भई हाल काठमाडौंको कालीमाटी बस्ने १० वर्षका तामाङ साथीहरूसँग उक्त पोखरीमा पौडी खेल्न गएका थिए।
घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल, नेपाल नं. १८ निलबाराही गण किर्तिपुरबाट सशस्त्र प्रहरी निरीक्षक कृष्णराज अधिकारीको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बाल र नेपाल प्रहरीको संयुक्त टोलीले उनको उद्धार गरेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
उद्धारपछि बालक तामाङलाई उपचारका लागि कीर्तिपुर अस्पताल पठाइएको छ।
Shares

प्रतिक्रिया