समाज


कैलालीकी ६५ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १३ पुग्यो

कैलालीकी ६५ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १३ पुग्यो

नेपालखबर
बैशाख १, २०७७ सोमबार ५:४६,

कैलाली लम्की-चुहाकी एक ६५ वर्षीय महिलामा कोरोना संक्रमण भएको परीक्षणमा पुष्टि भएको छ।

‘६५ वर्षीय एक महिलामा संक्रमण पुष्टि भएको जानकारी आइसकेको छ,’ एक डाक्टरले नेपालखबरलाई बताए। ‘औपचारिकरुपमा सार्वजनिक जानकारी दिने काम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै पत्रकार सम्मेलनमा गर्नेछ।’

लम्की बहुमुखी क्याम्पसको क्वारेन्टिनमा राखिएकी ती महिलामा संक्रमण देखिएको हो।

साे क्वारेन्टिनमा भारतलगायत बिभिन्न ठाउँबाट आएका ५२ जना छन्। अहिले सक्रमितलाइ सेती प्रादेशिक अस्पताल लगिएको छ ।

उनले संक्रमितको संख्यामा एक जना वृद्धि भएको बताए।

योसँगै नेपालमा संक्रमितको संख्या १३ पुगेको छ।

आइतबार वीरगञ्जमा ३ जनालाई कोरोना संक्रमण देखिएपछि देशभर संक्रमितको संख्या १२ पुगेको थियो।

पहिलेदेखि नै धनगढीमा ४ जना तथा बाग्लुङ र काठमाडौंमा २–२ जना उपचाररत छन् भने एक जना संक्रमित निको भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .