विश्वभर कोरोना भाइरसको संक्रमण भएका व्यक्तिको संख्या २० लाख नाघेको छ। नेपाली समय बुधबार दिउँसो १२ः१५ सम्म यसबाट मृत्यु भएकाको संख्या १ लाख २६ हजार बढी भइसकेको छ।
वल्र्डो मिटरका अनुसार विश्वमा अहिले कोरोना संक्रमितको संख्या २० लाख २ सय ४३ पुगेको छ भने यो संक्रमणका कारण मृत्यु भएका मानिसको संख्या १ लाख २६ हजार ७ सय ५८ पुगेको हो।
विश्वमा सबैभन्दा बढी संक्रमित अमेरिकामा ६ लाख १४ हजार २४६ पुगेको छ। यो खबर लेख्दासम्म कोरोनाबाट त्यहाँ मृत्यु भएकाको संख्या २६ हजार ६४ पुगेको छ।
अमेरिकापछि सबैभन्दा बढी संक्रमित स्पेनमा १ लाख ७४ हजार ६० पुगेको छ भने त्यहाँ कोरोनाबाट अहिलेसम्म १८ हजार ६ सय ५५ जनाको मृत्यु भएको छ।
इटलीमा मृतकको संख्या स्पेनमा भन्दा बढी २१ हजार ६७ पुगेको छ भने १ लाख ६२ हजार ४ सय ८८ जना संक्रमित भइसकेका छन्।

प्रतिक्रिया