पोखराको चिप्लेढुङ्गास्थित ट्रेड महल हाउजिङ प्रालिमा लुटपाटमा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेको भनिए पनि स्क्याममा परेको खुलेको छ।
शनिबार दिउँसो करिब साढे १२ बजे त्यहाँ धारिलो हतियार देखाइ लुटपाट लुटपाट गरेको भन्ने विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ परेको हो।
पक्राउ पर्नेमा पोखरा-१० बस्ने २८ वर्षीय विवेक गुरुङ, पोखरा-२९ बस्ने २७ वर्षीय बुद्ध गुरुङ, पोखरा-५ बस्ने ३७ वर्षीय मनिराज तामाङ र पोखरा-१७ बस्ने ४० वर्षीय दीपक ढकाल थिए।
तर उनीहरूले आफूलाई सम्बन्धित व्यक्तिले नै उक्त पैसा लिन लगाएको बताए। अनुसन्धान गर्दा उनीहरूले लुटपाट नगरी स्क्याममा परेको खुलेको कास्की प्रहरीले जनाएको छ। प्रहरीले स्क्याममा संलग्न भएका १ जनालाई रौतहटबाट पक्राउ गरिसकेको जनाएको छ।
यसअघि उनीहरूको साथबाट प्रहरीले विभिन्न दरका नेपाली रुपैयाँ जम्मा १ लाख २२ हजार रुपैयाँ र तरबार बरामद गरेको दाबी गरेको थियो। पक्राउ गरेका व्यक्तिहरूलाई अहिले छाडिएको छ। - सच्याइएको*
Shares

प्रतिक्रिया