समाज


पूरै नेपालबाट बाहिरियो मनसुन, सकियो बर्खा

पूरै नेपालबाट बाहिरियो मनसुन, सकियो बर्खा

नेपालखबर
असोज २४, २०८२ शुक्रबार १९:४८, काठमाडौँ

मनसुन पूरै नेपालबाट बाहिरिएको छ। 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझ सूचना जारी गरी मनसुन नेपालको पूरै क्षेत्रबाट बाहिरिएको जानकारी दिएको हो। 

योसँगै नेपालमा औपचारिक रूपमा बर्खायामको अन्त्य भएको छ भने पोस्ट-मनसुन सिजन सुरु भएको छ।

यस वर्ष नेपालमा मनसुन औसत मिति जुन १३ तारिखभन्दा १५ दिनअगाडि मे २९ तारिखमै प्रवेश गरेको थियो। यो बाहिरिने सरदर मितिचाहिँ यही अक्टोबर २ तारिख थियो। तर औसत मितिभन्दा ८ दिन ढिला आज असोज २४ गते अर्थात् अक्टोबर १० तारिख मनसुन नेपालबाट बाहिरिएको हो। 

यसअघि असोज २० गते मनसुन सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशसहित लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भेगका थोरै स्थानबाट मात्र हटेको थियो। 

आज मनसुन पूर्ण रूपमा बाहिरिएसँगै नेपालमा पोस्ट-मनसुन सिजन सुरु भएको छ। मौसमविद्का अनुसार पोस्ट-मनसुन लाग्नु भनेको मौसम हिउँदतर्फ ढल्किनु हो। यो सिजन यही अक्टोबर र नोभेम्बर महिनासम्म रहन्छ। डिसेम्बरदेखि भने पूर्ण रूपमा हिउँदयाम अर्थात् विन्टर सिजन लाग्छ। 

‘विन्टर’ ३ महिना- डिसेम्बर, जनवरी र फेब्रुअरीसम्म रहन्छ। त्यसपछि प्रि-मनसुन सुरु हुन्छ र यो पनि ३ महिना- मार्च, अप्रिल र मेसम्म रहन्छ। प्रि-मनसुन सकिएपछि फेरि मनसुन सुरु हुन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad