समाज


सरकारको पहलमा मेडिकल व्यवसायी र नर्सिङ संघबीच छलफल, आइतबार फेरि वार्ता

सरकारको पहलमा मेडिकल व्यवसायी र नर्सिङ संघबीच छलफल, आइतबार फेरि वार्ता

फाइल फोटो


नेपालखबर
असोज ३१, २०८२ शुक्रबार २०:४६, काठमाडौँ

आन्दोलनरत नेपाल नर्सिङ संघ र सम्बद्ध पक्षबीच छलफल भएको छ। 

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा पहिलो पटक सरोकारवाला पक्षहरू नर्सिङ संघ, मेडिकल व्यवसायी, एमईसी तथा आन्दोलनकारी नर्सको प्रतिनिधि सहित छलफल भएको हो। 

आजको छलफलबाट सम्पूर्ण सरोकारवाला सहितको वृहत बैठक कात्तिक २ गते आइतबार बस्ने निर्णय भएको छ। 

उक्त मितिसम्म विरोध तथा धर्नाका कार्यक्रम निरन्तर नेपाल नर्सिङ संघले जनाएको छ। 

शुक्रबार विज्ञप्ति प्रकाशित गरी संघले ‘समाधानको चरणसम्म नपुगे सम्म उक्त स्वास्थ्य संस्था अस्पताल तथा शिक्षण संस्थाहरूले आन्दोलनरत नर्सहरूलाई कुनै प्रकारको मानसिक तनाव नदिन, जागिरबाट ननिकाल्न र नयाँ नर्सिङ कर्मचारी माग नगर्न’ नेपाल नर्सिङ संघले सचेत गराएको छ। 

आइतवारको औपचारिक वार्ता निस्कर्षमा नपुगेमा नेपाल नर्सिङ संघ आफ्नो योजना अनुसारका विरोध कार्यक्रम सहित अघि बढ्ने अध्यक्ष प्रा चन्द्रकला शर्मा र महासचिव डा देवका कुमारी आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यही असोज २४ देखि सरकारी सरह न्यूनतम तलब तथा सुविधाको माग राखि नर्सहरू अन्दोलनरत छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad