समाज


आइसल्यान्डमा पहिलोपटक फेला पर्‍यो लामखुट्टे

आइसल्यान्डमा पहिलोपटक फेला पर्‍यो लामखुट्टे

तस्बिर स्रोत- बीबीसी


नेपालखबर
कात्तिक ५, २०८२ बुधबार २०:५४, काठमाडौँ

आइसल्यान्डमा पहिलोपटक तीनवटा लामखुट्टे फेला परेका छन्। वैज्ञानिकले यसै साता यसबारे जानकारी दिएका छन्। हालसम्म एन्टार्कटिका र आइसल्यान्डलाई त्यस्तो ठाउँ मानिन्थ्यो, जहाँ लामखुट्टे पाइँदैनथ्यो।

यसबारे ब्योर्न हजल्टसन नामका एक व्यक्तिले सबैभन्दा पहिले मिडियालाई जानकारी दिएका थिए। उनले अक्टोबर १६ को साँझ एक ‘अनौठो’ किरा देखे। उनले तुरुन्तै त्यसलाई समाते र किराविज्ञ मथियास अल्फ्रेडसनलाई बोलाएका थिए।

भोलिपल्ट त्यो कुलिसेटा एनुलाटा प्रजातिको लामखुट्टे भएको पुष्टि भएको बीबीसीले जनाएको छ। 

लामखुट्टे यहाँ स्थायी रूपमा बस्न थालेमा यसले देशको प्राकृतिक सन्तुलन र मानिसको स्वास्थ्यमा असर पार्न सक्ने विज्ञले बताएका छन्।

वैज्ञानिकले यी लामखुट्टे कहाँबाट आएका हुन् भन्नेबारे अनुसन्धान गरिरहेका छन्।

लामखुट्टे पानीजहाज वा विमानमार्फत आइपुगेका हुन् वा तातो हुँदै गएको मौसमले उनीहरूलाई यहाँ टिक्न सहयोग गर्‍यो भन्ने अध्ययन भइरहेको छ।

आइसल्यान्डमा यसअघि कहिल्यै जंगली लामखुट्टे देखिएको थिएन।  एकपटक विमानमा एउटा लामखुट्टे भेटिएको थियो, तर प्राकृतिक वातावरणमा यसपटक पहिलो घटना हो।

वैज्ञानिकलाई यी लामखुट्टे जहाज वा सामानका साथ आएका हुन सक्ने आशंका छ। यी लामखुट्टे चिसो मौसममा पनि बाँच्न सक्छन्, किनकि तिनीहरू जाडोमा लुकेर बस्ने क्षमता राख्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad