काठमाडौँको इचंगुनारायण मन्दिर क्षेत्रमा हतियार देखाएर स्थानीयलाई आतंक सिर्जना गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
स्थानीयको गुनासोपछि खटिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नुवाकोटका २३ वर्षका समीर श्रेष्ठ र काभ्रेपलाञ्चोकका २३ वर्षका एलेक्स नेपालीलाई पक्राउ गरेको हो।
उनीहरूलाई काठमाडौँ महानगरपालिका-१८ ढल्कोबाट पक्राउ गरेको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।
समीर यसअघि गत भदौ ६ गते अभद्र व्यवहारको कसुरमा पक्राउ परेर छुटेका थिए।
162
Shares

प्रतिक्रिया