कोरोना भाइरसको महामारी सुरु भएको वुहान सहरका सबै संक्रमित अस्पतालबाट डिस्चार्ज भएको चीनले जनाएको छ।
स्वास्थ्य अधिकारीहरुका अनुसार अब वुहानका अस्पतामा एक जना पनि कोरोना संक्रमित छैनन्।
‘पछिल्लो खबरअनुसार अप्रिल २६ मा वुहानमा नयाँ कोरोना संक्रमित बिरामीको संख्या शून्यमा झरेको छ,’ चीनको नेसनल हेल्थ कमिसनका प्रवक्ता मी फेङले पत्रकार सम्मेलनमा भने, ‘वुहान र देशका अन्य भागका स्वास्थ्यकर्मीहरुको संयुक्त प्रयासबाट यो सम्भव भएको हो।
हुबेई प्रान्तको वुहानमा हालसम्म ४६ हजार ४५२ संक्रमित फेला परेका छन्। यो संख्या चीनभर फेला परेका संक्रमितको ५६ प्रतिशत हो।
वुहानमा ३ हजार ८ सय ६९ ले ज्यान गुमाए। जुन देशभरका मृतकको ८४ प्रतिशत हो। एजेन्सी

प्रतिक्रिया