समाज


नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड २ महिनासम्म एकतर्फी हुने

नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड २ महिनासम्म एकतर्फी हुने

नेपालखबर
कात्तिक १७, २०८२ सोमबार १४:७, काठमाडौँ

सडक विभागले निर्माणधिक अवस्थामा रहेको नारायणघाट–बुटवल सडकको दाउन्ने खण्डमा अबको दुई महिनासम्म सडक एकतर्फी हुने जनाएको छ। 

सडक विभाग अन्तर्गतको आयोजना निर्देशनालयले आज सूचना जारी गर्दै विगत केही दिनयता भएको वर्षातकाे कारण निर्माणाधीन नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सडक सतह चिप्लो भई यातायात आवागमनमा कठिनाई उत्पन्न भइरहेका पनि जनाएको छ। 

आगामी दिनहरूमा पुन: वर्षा भएमा हाल कलभर्टहरू निर्माणाधीन भई एकतर्फी सडक सञ्चालन भइरहेको स्थानमा सवारी साधन सञ्चालनमा थप कठिनाई हुने सम्भावना देखिएको भन्दै निर्देशनालयले कल्भर्टहरूको निर्माण कार्य सम्पन्न नहुन्जेल अबको करिब दुई महिना (२०८२ पौष १५ सम्म) यो सडक खण्डमा यात्रा गर्नुअघि सडकको अवस्थाबारे सही तथा अद्यावधिक जानकारी लिन पनि यात्रुहरुलाई अनुरोध छ। 

साथै यस सडक खण्डमा यातायात सञ्चालनमा कुनै अवरोध उत्पन्न भएको अवस्थामा बैकल्पिक सडकहर"को प्रयोग गर्न सकिने भन्दै निर्देशनालयले वैकल्पिक सडकको विषयमा पनि जानकारी दिएको छ। 

सडकको अद्यावधिक अवस्थाबारे जानकारी लिनको लागि फोन नम्बरहरू ९८५७०८७२२२ (जिल्ला ट्राफिक), ९८५७०४०९२७ (दुम्कीबास प्रहरी), ९८५५०२७८२०/९८५७०८२३४० (आयोजनाको सूचना अधिकारी), ९८६९७९३१२९ / ९८६०४४१२२९ (परामर्शदाताको इन्जिनियर), ९८१९८८४४१६/ ९८४१६००९२३ (निर्माण व्यवसायीको इन्जिनियर)सँग सम्पर्क गर्न सकिने विभागले जनाएको छ। 

हेर्नुहाेस् सूचना 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad