जबरजस्ती करणी गरेको आरोपमा संखुवासभा र उदयपुरबाट दुई पुरुष पक्राउ परेका छन्।
१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा संखुवासभाको चैनपुरनगरपालिका-३ बस्ने २० वर्षीय दावा शेर्पालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
आइतबार साँझ उनलाई घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ।
शेर्पाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
त्यसैगरि उदयपुरकी ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारीबाट एक युवक पक्राउ परेका छन्।
कटारी नगरपालिका-५ भोर्ले बस्ने ३५ वर्षीय भेष बहादुर श्रेष्ठलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो।
भेष बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली खटिएको थियो।
यी दुवै घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया