समाज


बागमती प्रदेशमा आज सार्वजनिक बिदा

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

फाइल फोटो


नेपालखबर
बैशाख २४, २०८३ बिहिबार ९:१५, काठमाडौँ

बागमती प्रदेश सरकारले आज (बिहीबार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ। 

‘प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८०’ कार्यान्वय गरी बागमती प्रदेश सरकारले तामाङ, नेपाल (नेवारी) भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाको रुपमा लागु गरेको दिनको सम्झनामा हरेक वर्ष वैशाख २४ गतेलाई प्रदेश सरकारले भाषा दिवसको रूपमा मनाउँदै आएको छ। 

प्रदेश सरकारले ‘कामकाजको भाषासम्बन्धी दिवस’को अवसरमा आज सार्वजनिक बिदा दिएको हो। 

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै आज प्रदेशभर सार्वजनिक बिदा हुने जनाएको छ। 

 बागमती प्रदेशसभाले पारित गरेका ‘प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८०’ २४ वैशाख २०८१ देखि कार्यान्वयनमा आएको थियो। 

बागमतीमा नेपालीका अलावा तामाङ र नेपाल (नेवारी) भाषा पनि प्रचलनमा छन्। मातृभाषाहरुको सम्मान, शिक्षा र प्रयोगलाई बढावा दिन प्रदेश सरकारले बहुभाषिक नीतिलाई व्यवहारमा उतारेकाे हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad