मोरङमामोटरसाइकल दुर्घटना हुँदा १८ वर्षका किशोरको मृत्यु भएको छ।
कटहरी गाउँपालिका-७ हुरहुरियामा को.३३ प ४३२४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।
तीव्र गतिको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने १८ वर्षीय निसान सरदारको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो।
588
Shares

प्रतिक्रिया