समाज


‘अनटेस्ट’ इलेक्ट्रिक स्कुटरलाई स्कारपियोले ठक्कर दिँदा महिलाको मृत्यु

‘अनटेस्ट’ इलेक्ट्रिक स्कुटरलाई स्कारपियोले ठक्कर दिँदा महिलाको मृत्यु

नेपालखबर
बैशाख २५, २०८३ शुक्रबार १८:५२, धनुषा

ढल्केबर–जनकपुर खडकअन्तर्गत धनुषाको लक्ष्मिनिया गाउँपालिका–४ सपहीचोकमा स्कारपियो गाडीको ठक्करबाट स्कुटर चालक महिलाको मृत्यु भएको छ।

आज ढल्केबरबाट जनकपुरतर्फ जाँदै गरेको बा प्र ०१–०३१ च ९०६३ नम्बरको स्कारपियोले परीक्षण कालमा रहेको विद्युतीय स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा स्थानीय ३० वर्षीया पुनम साह गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएकामा चिकित्सकले बाटोमा साहको मृत्यु भइसकेको बताएका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक राजाराम यादवले जानकारी दिए।

मृतकको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक यादवका अनुसार प्रहरीले स्कारपियो चालक विराटनगर महानगरपालिका–७ निवासी ५२ वर्षीय नरेश राठीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad