समाज


३० र ६५ वर्षका २ पुरुष र ५३ वर्षीया महिला मृत भेटिए

३० र ६५ वर्षका २ पुरुष र ५३ वर्षीया महिला मृत भेटिए

नेपालखबर
बैशाख २६, २०८३ शनिबार १५:१६, काठमाडौँ

तेह्रथुम, झापा र कैलालीमा तीन जनाको शव फेला परेको छ। 

झापा र कैलालीमा दुई पुरुष र तेह्रथुममा एक महिला मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ। 

झापाको कमल गाउँपालिका-५ स्थित रतुवा खोलामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरूषको शव भेटिएको हो। 
ती पुरुषको मृत्युको कारण पनि खुलेको छैन। 

त्यसैगरी कैलालीको गोदावरी नगरपालिका-४ लामामोडस्थित गोदावरी सामुदायिक वनमा पनि एक युवक मृत भेटिएका छन्। 

हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूषको सनाखतको प्रयास जारी रहेको प्रहरीले जनाएको छ। 

त्यसैगरी तेह्रथुमको म्याङलुङमा एक महिला मृत भेटिएकी प्रहरीले जनाएको छ। 

म्याङलुङ नगरपालिका-९ साब्ला बस्ने ५३ वर्षीया दिल माया लिम्बू मृत भेटिएकी हुन्। 

स्थानीय जुके खोल्सामा शुक्रबार उनको शव फेला परेको र मृत्युको कारण नखुलेको प्रहरीको भनाई छ। यी सबै घटनामा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad