सुर्खेत जिल्लाको सुर्खेत उपत्यका नगर विकास समितिको कार्यालय, वीरेन्द्रनगरका पाँच जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिका सदस्य सचिवहरू टीकाराम ढकाल, नरहरी तिवारी, गेहेन्द्र बहादुर डाँगी, लेखा अधिकृत स्व. हरि बहादुर क्षत्री र सह-लेखापाल खड्क बहादुर रानासमेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो
उनीहरूले सटर कवल तथा जग्गा भाडा वापतको आम्दानी बुझिलिई बैंक दाखिला नगरी आम्दानी मस्यौट गरेको अख्तियारको आरोप छ।
मिलेमतो तथा योजनामा आ.व. २०७६/७७, २०७७/७८, २०७८/७९, २०७९/८० र २०८०/८१ को भाडा असुली रसिदबाट जम्मा रू चार करोड १८ लाख चार हजार ३०३ रुपैयाँ राजस्व आम्दानी भएकोमा उक्त आम्दानी भएको राजस्व सम्पूर्ण रकम समितिको खातामा दाखिला नगरी एक करोड २३ लाख २५ हजार ६२२ रुपैयाँ मात्र बैंक दाखिला गरेको अनुसन्धानमा खुलेको छ।
बाँकी राजस्व रकम दुई करोड ९४ लाख ७८ हजार ६८१ रूपैयाँ बैंक दाखिला नगरी नगराई राजस्व हिनामिना गरे गराएको पुष्टि भएको अख्तियारको ठहर छ।
Shares

प्रतिक्रिया