समाज


तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा २१ वर्षका युवकको मृत्यु

तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा २१ वर्षका युवकको मृत्यु

नेपालखबर
जेठ ३, २०८३ आइतबार १३:५४, काठमाडौँ

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। 

भरतपुर महानगरपालिका-३ लायन्सचोक आलुमण्डीस्थित सडकमा आनन्दमार्गबाट लाचोकतर्फ आउँदै गरेको बा.९२ प ३१३१ नम्बरको मोटरसाइकल गएराति आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा मोटरसाइकल चालक भरतपुर महानगरपालिका-४ बस्ने २१ वर्षीय अनिष कुमालको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

तीव्र गतिको कारण मोटरसाइकल दुर्घटना भएको अनुनमान प्रहरीले गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad