नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट १ हजार ५६ जना लागुऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ।
जसमध्ये उपत्यकाबाट १ सय ७१ जना, कोसी प्रदेशबाट २ सय ६ जना, मधेस प्रदेशबाट ७० जना, बागमती प्रदेशबाट १ सय ५४ जना, गण्डकी प्रदेशबाट ५६ जना, लुम्बिनी प्रदेशबाट १ सय ६९ जना, कर्णाली प्रदेशबाट २१ जना र सुदूरपश्चिम प्रदेशबाट १ सय ६७ जना र लागुऔषध नियन्त्रण ब्युरोबाट ४२ जना पक्राउ परेका हुन्।
सो अवधिमा अवैध लागुऔषध गाँजा १ हजार ८ सय २० किलो ३ सय १८ ग्राम ३ सय ४० मिलिग्राम, चरेस १९ किलो १ सय ३८ ग्राम ९ सय ६४ मिलिग्राम, हेरोइन ४ किलो २३ ग्राम ५ सय २८ मिलिग्राम, अफिम ७ किलो ९ सय ७४ ग्राम ३ सय ८० मिलिग्रम, कोकिन ३३ ग्राम ६ सय २० मिलिग्राम, पोलेन ११ किलो ४ सय १९ ग्राम, नियन्त्रित लागुऔषध डाइजेपाम २ हजार ८ सय ९५ एम्पुल, फेनारगन २ हजार ८ सय ४५ एम्पुल, बुप्रेनोर्फिन २ हजार ९ सय २९ एम्पुल, ट्रामाडोल २ लाख ३ हजार ३ सय ३८ ट्याब्लेट, नाइट्राभेट २ हजार ५ सय ४१ ट्याब्लेट, स्पास्मो २१ हजार ३ सय ९९ ट्याब्लेट प्रहरीले बरामद गरेको छ।
लागुऔषध कारोबार लगायतका आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी खरोरूपमा प्रस्तुत भइरहेको सन्दर्भमा सबै प्रहरी कार्यालयहरूले त्यस्ता गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिने कार्यलाई प्राथमिकतामा राखी कार्य गरिरहेको छ।
साथै प्रहरीले समुदाय-प्रहरी साझेदारीअन्तर्गत लागुऔषध उत्पादन, ओसारपसार र प्रयोगबाट सामाजिक तथा व्यक्तिगत जीवनमा पर्न जाने नकारात्मक असरहरूबारे विभिन्न जनचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गर्दै आइरहेको छ।

प्रतिक्रिया