समाज


पासाङ काजीले फहराए सगरमाथाको चुचुरोमा पोखरा एभेन्जर्सको झण्डा

पासाङ काजीले फहराए सगरमाथाको चुचुरोमा पोखरा एभेन्जर्सको झण्डा

नेपालखबर
जेठ १३, २०८३ बुधबार १०:३१, काठमाडौँ

नेपाली पर्वतारोहण गाइड एवं उच्च हिमाली क्षेत्रकी चलचित्र निर्माता तथा प्रवर्द्धक पासाङ काजी शेर्पाले विश्वको सर्वोच्च शिखरमा सगरमाथाको चुचुरोमा पोखरा एभेन्जर्सको झण्डामा फहराएका छन्।

शेर्पाले आठौं पटक सगरमाथाको आरोहण गर्दै २३ मे २०२६ को बिहान ३ः५० बजे नेपाल प्रिमियर लिग (एनपीएल) टोली पोखरा एभेन्जर्सको झण्डा फहराएका हुन्।

पोखरा एभेन्जर्सले प्रेस विज्ञप्ती जारी गर्दै यो जानकारी दिएको हो। 

खेलकुदमार्फत जलवायु परिवर्तन र हिमाली हिमनदीहरूको संरक्षणबारे चेतना जगाउने साझा प्रतिबद्धताको प्रतीकका रूपमा सगरमाथाको शिखरमा पोखरा एभेन्जर्सको झण्डा फहराइएको पोखरा एजेन्जर्सले जनाएको छ। 

एभेन्जर्सले नेपाली खेलकुदको भावना र ग्रासरुट क्रिकेटको विकासलाई प्रवद्र्धनसँगै जलवायु परिवर्तन र हिमनदी संरक्षणसँग सम्बन्धित मुद्दाहरूलाई निरन्तर सहयोग गर्दै आएको पोखरा एजेन्जर्सका अध्यक्ष सुवोध त्रिपाठीले बताए।

‘हामी यो अभियानलाई केवल शिखरमा पुग्ने कुरामा मात्र सीमित नराखी कुनै ठुलो उद्देश्यका लागि समर्पित गर्न चाहन्थ्यौं’, उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यो हाम्रो हिमनदी संरक्षणको महत्व बुझाउन र जलवायु परिवर्तनबारे चेतना जगाउनुका साथै क्रिकेटको विकासलाई प्रोत्साहन गर्ने एउटा आह्वान हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad