समाज


काठमाडौँमा नक्कली प्रहरी पक्राउ

काठमाडौँमा नक्कली प्रहरी पक्राउ

नेपालखबर
जेठ १४, २०८३ बिहिबार ६:५, काठमाडौँ

प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउने एक युवक पक्राउ परेका छन्।

नक्कली प्रहरी बनेर समाजमा डर त्रास देखाउँदै हिँड्ने रामेछापको लिखु गाउँपालिका–३ का ३४ वर्षीय आशिष सुनुवार बुधबार काठमाडौँ महानगरपालिका-७ गौरीघाट पक्राउ परेका हुन्।

निजले चाबहिललगायत स्थानमा केही समयदेखि आफू केन्द्रीय अनुसन्धान ब्युरोको सहायक हबलदार हुँ भन्दै होटल व्यवसायी तथा सर्वसाधारणलाई धम्क्याउँदै हिँडेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौँ प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए। रासि

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad