आज (बिहीबार) पनि काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार काठमाडौँ उपत्यकामा अपराह्न वा साँझपख हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको हो।
‘अहिले बिहानचाहिँ काठमाडौँ उपत्यकाको आकाशमा साधारणतया बादल लागेको छ’, उनले नेपालखबरसँग भने, ‘यद्यपि केही समयपछि बिस्तारै मौसम केही खुल्ने र घाम लाग्ने सम्भावना छ। तर दिउँसोपछि फेरि बादल बढ्ने र अपराह्वन वा साँझपख पानी पर्ने सम्भावना छ।’
देशभरको मौसम र वर्षा सम्भावनाबारे भने मौसम महाशाखाले अहिले केही बेरमा विस्तृत बुलेटिन जारी गर्नेछ।
330
Shares

प्रतिक्रिया