समाज


बाढी-पहिरो : यी ५ सडक पूर्णरूपमा अवरुद्ध, ४ राजमार्ग एकतर्फी

बाढी-पहिरो : यी ५ सडक पूर्णरूपमा अवरुद्ध, ४ राजमार्ग एकतर्फी

फाइल फोटो


नेपालखबर
जेठ १४, २०८३ बिहिबार १०:४९, काठमाडौँ

बाढी पहिरोको जोखिम बढेपछि बीपी राजमार्गसहित देशका पाँचस्थानमा सडक अवरुद्ध भएको छ। 

बीपी रागमार्गसँगै कोसी, मध्यपहाडी, बेनी जोमसोम र हिल्सा सिमकोट सडक बाढीपहिरोको कारण अवरुद्ध बनेको प्रहरीले जनाएको छ। 

सम्भावित बाढीको जोखिम बढेपछि खुर्कोट- नेपालथोक-कटुन्जेबेँसी भएर चल्ने गाडीलाई रोक लगाएको प्रहरीले जनाएको छ। 

त्यसैगरि सम्भावित पहिरोको कारण हिल्सा-सिमकोट सडक पनि बन्द भएको छ।

उता बाढीपहिरोको कारण पाँचथरमा मध्यपहाडी राजमार्ग तीन ठाउँमा अवरुद्ध भएको छ। र

त्यसैगरी म्याग्दीमा बेनी-जोमसोम सडकखण्डमा अहिले एकतर्फी मात्रै गाडी चलेका छन्। 

उता भोजपुर र संखुवासभामा पनि मध्यपहाडी र कोसी राजमार्गमा बाढी पहिरोको कारण एकतर्फी मात्रै गाडी चलेका छन्। 

हेर्नुहोस् अवरुद्ध र एकतर्फी सडकको सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad