बागमती प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा चारजना पत्रकारलाई विधागत पत्रकारिता पुरस्कार प्रदान गरेको छ।
शुक्रबार गणतन्त्र दिवसका अवसरमा हेटौँडामा आयोजित विशेष कार्यक्रममा विकास पत्रकारिता पुरस्कारबाट नेपालखबरको बागमती प्रदेश संवाददाता सुनिता विष्ट, खोज पत्रकारिता पुरस्कारबाट नयाँ पत्रिकाकर्मी पोष्टराज अधिकारी, सुशासन पत्रकारिता पुरस्कारबाट रामेछापका युवराज श्रेष्ठ तथा संस्थागत पत्रकारिता पुरस्कारबाट ललितपुरका रामहरी कार्की सम्मानित भएका हुन्।
पत्रकारितामार्फत गणतन्त्र, सुशासन, विकास निर्माण तथा नागरिकसम्म सूचना प्रवाहमा पुर्याएको योगदानको कदर स्वरुप उनीहरूलाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको प्रदेश सरकारले जनाएको छ।
कार्यक्रममा गणतन्त्र दिवसको अवसरमा आयोजित निबन्ध प्रतियोगिता तथा खुला दौड प्रतियोगिताका विजेताहरूलाईसमेत पुरस्कार वितरण गरिएको थियो।
Shares

प्रतिक्रिया