समाज


नेपालखबरकर्मी पोखरेललाई ‘राधा-लक्ष्मण’ पत्रकारिता पुरस्कार

नेपालखबरकर्मी पोखरेललाई ‘राधा-लक्ष्मण’ पत्रकारिता पुरस्कार

नेपालखबर
जेठ १६, २०८३ शनिबार १६:३८, काठमाडौँ

नेपाल पत्रकार महासंघ ललिलपुर शाखाले आफ्नो २५औँ वार्षिक साधारण सभामा नेपालखबरकर्मी जनार्दन पोखरेलसहितका पत्रकारलाई सम्मान गरेको छ।

शनिबार  महालक्ष्मीस्थानमा आयोजित कार्यक्रममा प्रमुख अतिथि निवर्तमान प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले नेपालखबरका उप-सम्पादकसमेत रहेका पोखरेललाई नगद रकमसहित ‘राधा–लक्ष्मण पत्रकारिता पुरस्कार’ प्रदान गरेका हुन्। 

लामो समयदेखि पत्रकारितामार्फत समाज परिवर्तन, जनसरोकारका विषयको उठान तथा नागरिक सचेतना अभिवृद्धिमा योगदान पुर्‍याएको कारण उनलाई सम्मान गरिएको महासंघले जनाएको छ।

कार्यक्रममा राजधानी दैनिकका डिल्ली आचार्य र रातोपाटीका नरेश ज्ञवालीलाई हीरा–सिद्धि क्रियाशील पत्रकारिता पुरस्कार, नयाँसडक दैनिकका ज्ञानप्रसाद पौडेललाई धर्मरत्न शाक्य जीवन्त पत्रकारिता पुरस्कार तथा दियोपोष्टकी रीता बुढाथोकीलाई सम्राट आचार्य स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो।

त्यसैगरी, नेपाल टेलिभिजनका ईश्वर महर्जन र मिडिया सञ्चार डटकमका केदारनाथ दाहाललाई ललितपुर पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ। 

उनीहरूलाई पत्रकारिता क्षेत्रमार्फत निरन्तर सक्रिय रहँदै सार्वजनिक महत्वका विषयसँगै ललितपुरका विषयवस्तु उजागर गर्न महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको महासंघले जनाएको छ।

कार्यक्रममा पूर्व प्रधानन्यायाधीश राउतले पत्रकारितले सुशासनसँगै नागरिकहरूमा सहिष्णुताको संस्कार विकासका लागि खबरदारी गर्नुपर्नेमा जोड दिए।  

महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघकी उपाध्यक्ष नितु पण्डित, बागमती प्रदेशका प्रेस रजिष्टार रेवती सापकोटा, पुरस्कारदाता मुक्तिनाथ आचार्य, महासंघ ललितपुरका उपाध्यक्ष श्याम तण्डुकार लगायतले मन्तव्य व्यक्त गरेका थिए। 

साधारण सभाको बन्द सत्रमा पत्रकार महासंघले ललितपुर शाखाका सचिव दीपक अर्यालले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष कृष्ण पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको अध्यक्ष कार्कीले जानकारी दिए। 

कार्यक्रममा ‘ललितपुरको पत्रकारिता इतिहास’ पुस्तक बिमोचन गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad