समाज


सुर्तीजन्य पदार्थ सेवनकै कारण वर्षेनी ३९ हजार नेपालीले गुमाउँछन् ज्यान

सुर्तीजन्य पदार्थ सेवनकै कारण वर्षेनी ३९ हजार नेपालीले गुमाउँछन् ज्यान

नेपालखबर
जेठ १७, २०८३ आइतबार १७:२०, काठमाडौँ

नेपालमा सुर्तीजन्य पदार्थका कारण प्रत्येक वर्ष ३९ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ। 

विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव डा श्रीकृष्ण श्रेष्ठले जानकारी दिएका हुन्। उनले सुर्तीजन्य पदार्थका कारण विश्वभर प्रत्येक वर्ष करिब ८० लाख मानिसको मृत्यु हुने गरेको समेत जानकारी गराए।

उनले मुटुरोग, क्यान्सर, श्वासप्रश्वाससम्बन्धी रोग तथा अन्य नसर्ने गम्भीर रोगको प्रमुख कारण सुर्तीजन्य पदार्थ रहेको बताए। उनले सुर्तीजन्य पदार्थले मानव स्वास्थ्य मात्र नभई राष्ट्रिय अर्थतन्त्रमा समेत गम्भीर क्षति पुर्‍याइरहेको बताए। उनले सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमानका लागि नेपाल सरकारले सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ लगायत विभिन्न कानुनी तथा नीतिगत व्यवस्था कार्यान्वयन गर्दै आएको जानकारी गराए।

उनले नेपाल विश्व स्वास्थ्य संगठनको फ्रेमवर्क कन्भेन्सन अन टोबाको कन्ट्रोलप्रति पूर्ण रूपमा प्रतिवद्ध रहेको उल्लेख गर्दै सार्वजनिक स्थानमा धुम्रपान निषेध, सुर्तीजन्य पदार्थको विज्ञापन तथा प्रवद्र्धन नियन्त्रण, १०० प्रतिशत चित्रसहितको स्वास्थ्य चेतावनी र कर नीतिलाई नियन्त्रणका प्रमुख उपायका कार्यान्वयन गरिरहेको समेत बताए। यद्यपि, अगामी आर्थिक वर्षमा सुर्तीजन्य पदार्थमा लगाइएको कर अपेक्षाकृत कम रहेको भन्दै असन्तुष्टि समेत जनाए। 

उनले भने, ‘सुर्तीजन्य पदार्थको कारण विश्वमा हरेक वर्ष ८० लाख मानिसको मृत्यु हुने गरेको छ। नेपालमा मात्रै हरेक वर्ष सुर्तीजन्य पदार्थ सेवनको कारण ज्यान गुमाइरहेका छान्। मुटुरोग, क्यान्सर, स्वासप्रश्वाससम्बन्धी रोग तथा अन्य नसर्ने गम्भीर रोगको मुख्य कारकको रुपमा सुर्तीजन्य पदार्थ रहेको छ। सुर्तीजन्य पदार्थले मानव स्वास्थ्यमा मात्र नभई अर्थतन्त्रमा समेत ठुलो क्षति पुर्याइरहेको छ।’ 

उनले थपे, ‘नेपाल डब्लूएचओ नेपाल विश्व स्वास्थ्य संगठनको फ्रेमवर्क कन्भेन्सन अन टोबाको कन्ट्रोल पूर्ण रुपमा सुर्तिजन्य पदार्थ नियन्त्रणका लागि पूर्ण रुपमा प्रतिवद्ध रहेको छ। सार्वजनिक स्थानमा धुम्रपान निषेध, विज्ञापन तथा प्रवद्र्धनमा प्रतिवद्ध, १०० प्रतिशत चित्रसहितको स्वास्थ्य चेतावनी र कर नीति सुर्तिजन्य पदार्थ नियन्त्रणका मुख्य नीतिहरु हुन्। तर यो पटक कर नीति कम हुँदा चित्त दुखिरहेको छ।’

कार्यक्रममा बोल्दै स्वास्थ्य क्षेत्रका सरोकारवालाले सुर्तीजन्य पदार्थको खपत घटाउन कर नीतिको प्रभावकारी कार्यान्वयन र नागरिकस्तरमा जनचेतना अभिवृद्धि आवश्यक रहेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad