समाज


राष्ट्रपति कार्यालयबाट हात्तीको दाह्रा चोर्ने पाँच व्यक्ति लागुऔषधसहित पक्राउ

राष्ट्रपति कार्यालयबाट हात्तीको दाह्रा चोर्ने पाँच व्यक्ति लागुऔषधसहित पक्राउ

नेपालखबर
जेठ २०, २०८३ बुधबार १७:३, काठमाडौँ

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते राष्ट्रपति कार्यालय शीतल निवासबाट हात्तीको दाह्रा चोरी गरी फरार पाँच व्यक्ति हात्तीकफ दाह्रा र लागुऔषधसहित पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको मनमैजु एरियामा अवैध रूपमा वन्यजन्तु हात्तीको दाह्रा ओसार पसार बिक्री वितरण तथा सञ्चय गरी राखेको भन्ने गोप्य सूचनाको आधारमा खोजतलासका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौँको तार्केश्वर नगरपालिका-९ मनमैजुका २५ वर्षीय राजिव महर्जन, काठमाडौँ १७ का २७ वर्षीय आयुष महर्जन, गोरखा अजिरकोट गाउँपालिका ४ का २० वर्षीय सन्त बहादुर भुजेल, गोरखाको धार्चे गाउँपालिका ४ लाप्राक घर भइ हाल  काठमाडौँको मनमैजु बस्ने २६ वर्षीय टेक प्रसाद गुरुङ र बैतडीको डिलासैनी गाउँपालिका ३ घर भइ हाल काठमाडौँ टोखा नगरपालिका २ सपनतीर्थ बस्ने वर्ष २४ को पुरन बोहरा रहेका छन्।

अपराध अनुसन्धान कार्यालयबाट खटिई गएको प्रहरी टोलीले मनमैजुस्थित राजिव महर्जन, आयुष महर्जन र टेक प्रसाद गुरुङ समेतले हात्तीको दाह्रा टुक्रा बनाई निज राजिव महर्जनको घरको पूर्वतर्फ रहेको खाली जग्गामा गाडेर राखेको अवस्थ हात्तीको दाह्रा थान-२ बरामद गरेको थियो। साथै उनको घर कोठामा ट्रमाडोल-५० लेखिएको लागुऔषध १५० क्याप्सुलसमेत फेला परेको प्रहरीको भनाई छ।

अनुसन्धानका क्रममा अन्य २ वटा हात्तीको दाह्रा टुक्राहरू सपनतीर्थ बस्ने पुरन बोहरासँग रहेको खुलेको थियो। बोहरालाई सपनतीर्थबाट पक्राउ गरी सोधपुछ गर्दा उक्त २ वटा हात्तीको दाह्रा टुक्राहरू मनमैजु बस्ने सन्त बहादुर भुजेललाई दिएको उनले खुलाएका थिए।

त्यसपछि प्रहरीले मनमैजु बस्ने भुजेलको खोजतलास गर्ने क्रममा मनमैजुस्थित उनकै घर कोठाबाट झोला भित्र प्लास्टिकको बोरामा बेरी राखेको अवस्थामा हात्तीको दाह्रा टुक्राहरु थान- २ सहित उनलाई पक्राउ गरेको थियो। 

पक्राउ परेका राजिव, आयुष र टेक प्रसाद गुरुङलाई लागुऔषध नियन्त्रण ऐन २०३३ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिमको कसुरमा एवं पुरन बोहरा र सन्त बहादुर भुजेललाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गतको कसुरमा थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ र डिभिजन वन कार्यालय हात्तीसार पठाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad