समाज


किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा पाँचजना पक्राउ

किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा पाँचजना पक्राउ

नेपालखबर
जेठ १८, २०७७ आइतबार ३:४३,

पाल्पाको तिनाउ गाउँपालिकाको दोभानकी एक किशोरीलाई सामुहिक बलात्कार गरेको आपोपमा पाँचजना पक्राउ परेका छन्।

बलात्कारपछि फरार थप दुई जनालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। यसअघि प्रहरीले किशोरीलाई बलात्कार गरेको आरोप तीन जनालाई पक्राउ गरेको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज श्रेष्ठका अनुसार घटनामा थप दुई संलग्न देखिएकाले शनिबार नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा तिनाउ गाउँपालिका-३ का मनिष रुचाल र अमृत रावल छन्।

यसअघि १६ जेठमा तिनाउ भुतखोलाका २८ वर्षीय एकबहादुर दिशा र ४३ वर्षीय वसन्त सैँजु तथा बगनासकाली गाउँपालिका पोखराथोकका २४ वर्षीय दिलबहादुर कुमाल पक्राउ परेका थिए।

उनीहरुले किशोरीलाई दोभान क्षेत्रमा शुक्रबार बलात्कार गरेको जाहेरी परेको छ। सोही जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय र दोभान प्रहरी कार्यालयबाट गएका प्रहरीले पाँच जनलाई पक्राउ गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad