समाज


हिरासतमा रहेका व्यक्तिमा कोरोना पुष्टि

हिरासतमा रहेका व्यक्तिमा कोरोना पुष्टि

नेपालखबर
जेठ २५, २०७७ आइतबार ६:७,

जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतमा रहेका एक युवामा कोरोना संक्रमण देखिएको छ।

जबर्जस्तिकरणीको मुद्दामा पक्राउ परेका १७ वर्षीय युवाको संक्रमण पुष्टि भएको गोरखाका प्रहरी नायव उपरीक्षक वासुदेव खतिवडाले बताए।

१० दिनअघि पक्राउ परेका उनलाई आरडीटी परीक्षणमा नेगेटिभ देखिएपछि हिरासतमा राखिएको थियो। पीसीआरबाट गरिएको परीक्षणको रिपोर्ट पोजिटिभ आएको हो।

अहिले उनलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको डीएसपी खतिवडाले बताए। हिरासतमा अर्का एक जना पनि उनीसँग सँगै थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad