कुपवाडा र बारामुला जिल्लामा नियन्त्रण रेखाको उल्लंघन गर्दै पाकिस्तानी सेनाले गोलाबारी गरेको समाचार संस्था पीटीआईले जनाएको छ।
आइतबार बिहान ११ र १२ बजेर ४० मिनेटमा पाकिस्तानी सेनाले अन्धाधुन्ध गोली चलाएका थिए।
भारतले पनि पाकिस्तानी गोलाबारीविरुद्ध जवाफी फाइरिङ गरेको थियो।
हार भारत र चीनबीच सीमा विवाद सतहमा आएका बेला पाकिस्तानले नियन्त्रण रेखा वरपर गतिविधि बढाएको हो।
पाकिस्तानले यस्ता गतिविधि दोहोर्याउँदै आएको भारतीय सेनाको भनाइ छ। एजेन्सी
3
Shares

प्रतिक्रिया