समाज


शिशुकक्षाका २५ विद्यार्थीलाई विष खुवाउने शिक्षिकालाई मृत्युदण्ड

शिशुकक्षाका २५ विद्यार्थीलाई विष खुवाउने शिक्षिकालाई मृत्युदण्ड

नेपालखबर
असोज १४, २०७७ बुधबार ०:०,

चीनमा एउटा शिशुकक्षाका २५ विद्यार्थीलाई विष खान दिएको र एक जनाको ज्यान लिएको अभियोग लागेकी एक शिक्षिकालाई मृत्युदण्ड सजाय सुनाइएको छ।

ज्याओजू सहरस्थित शिशुशालामा बिहानको खाजा खाएपछि बिरामी परेका बालबालिकालाई अस्पताल लग्नुपरेपछि शिक्षिका वाङ युनलाई पक्राउ गरिएको थियो।

अदालतका अनुसार वाङले आफ्नी एक सहकर्मीको जिम्मामा भएका विद्यार्थीहरूको खानामा सोडीअम नाईट्राईट मिसाइदिएको ठहर गरेको छ। ती सहकर्मीसँग विवाद भएपछि प्रतिशोध लिन उनले त्यसो गरेको बताइएको छ।

गत वर्ष मार्च महिनामा उक्त घटना भएपछि पूरै चीन स्तब्ध भएको थियो। ती शिक्षिकाले विष हालेको आरोप लागेपछि प्रहरीले अनुसन्धान गरेको थियो।

सोमवार स्थानीय अदालतले उक्त मुद्दा टुङ्ग्याउँदै उनलाई मृत्युदण्ड सुनाएको ग्लोबल टाईम्स पत्रिकाले प्रकाशित गरेको समाचारमा उल्लेख छ।

अदालतका अनुसार वाङले त्यसअघि पहिला पनि मानिसलाई विष दिएको बताएको छ। उसका अनुसार अनलाइन माध्यमबाट नाईट्राईट किनेर उनले आफ्नै पतिलाई हालिदिएकी थिइन्। उनी सामान्य घाइते मात्र भएका थिए।

विद्यालयमा भएको घटनामा मृत्यु भएका शिशुबारे थप जानकारी प्राप्त भएको छैन।

ग्लोबल टाईम्सका अनुसार अदालतले ‘वाङ अनैतिक र दुष्ट भएको र उनले गरेका अपराधका परिणामहरू अत्यन्तै गम्भीर भएका तथा उनी गम्भीर दण्डका लागि योग्य भएको’ सुनाएको थियो। बिबिसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad