अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वमहासचिव लोकबहादुर शाहीको निधन भएको छ।
राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक समेत रहेका शाहीको ६५ वर्षको उमेरमा गएराति दैलेखस्थित आफ्नै निवासमा निधन भएको हो।
एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाका अनुसार शाहीको गएराति साढे ९ बजे निधन भएको हो। शेर्पाले सामाजिक सञ्जाल फेसबुक मार्फत् शाहीको मृत्युको विषयमा जानकारी गराएका हुन्।
शाही सन् १९७९ देखि १९८९ सम्म नेपाली राष्ट्रिय टोलीको गोलरक्षक थिए। नेपालले सन् १९८२ मा पहिलो आधिकरिक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेल्दा र सन् १९८४ मा दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्दा उनी राष्ट्रिय टोलीको प्रमुख खेलाडी थिए। शाहीले नेपाल बक्सिङ संघको महासचिवको भूमिका पनि निर्वाह गरेका थिए।
शाही २०५२ सालमा एन्फाको महासचिव निर्वाचित भएका थिए। उनी दुई कार्यकाल नेपाल बक्सिङ संघको महासचिव बनेका थिए।

प्रतिक्रिया