बौद्धनाथमा भएको आक्रमणको विरोध गर्दै नेपालस्थित बौद्धमार्गी आन्दोलनमा उत्रेका छन्। संसारका बौद्धमार्थीमाथि नै आँच आउने गरी लामा गुरु, भक्तजन र विदेशी पाउनुहरुमाथि आक्रमण गरिएको भन्दै उनीहरुले घटनाको भत्सर्ना गरेका छन्।
यही असोज ११ गते विश्व सम्पदा सूचीमा रहेको काठमाडौँस्थित बौद्धनाथ स्तुपामा बौद्ध तथा मेलम्ची ध्याङ गुठीसहित विभिन्न संघ संस्थाद्वारा आयोजित ‘चिरशान्ती पूजा’ चलिरहेको बेला एक समूले आक्रमण गरेको बौद्धमार्गीहरुको आरोप छ। बौद्ध तथा ध्याङ गुठीले काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त घटनाको दोषीलाई कारवाहीको माग गरेको छ। गुरु रिन्पोछे भूपती ब्रज लामामाथि आक्रमण गरी घाइते बनाइनुको साथै शान्ति पूजा नै तोडफोड गरेको उनीहरुले जनाएका छन्।
पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामा, तामाङ कल्याण गुठीका अध्यक्ष खड्गजित लामाको अगुवाईमा आएको समूले गाली गलौज गर्नुको साथै ढुंगा मुडा, रडले आक्रमण गर्नुको साथै एसीड प्रहार समेत गरिएको उल्लेख गरिएको छ ।
‘बौद्धनाथको ऐतिहासिक प्राङ्गणमा ११ गतेका दिन बौध तथा मेलम्ची घ्याङ गुठी एवं विभिन्न संघ संस्थाद्वारा आयोजित भव्य चिरशान्ती पूजामा केही बौद्धबास सिण्डिकेटधारी मान्छेहरुको हुलले नासाहित गाली गलौज ढुंगा मुडा, रड, एसिड प्रहार गर्दै क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामा, तामाङ कल्याण गुठीका अध्यक्ष खड्गजीत लामासहितको समूहले हाम्रा लामा गुरु, देश विदेशबाट आएका पाहुना, भक्तजना संचारमाध्यम गर्नुको साथै गुरु रिन्पोछे भूपति बज्र लामामाथि भौतिक आक्रमण गरी घाइते बनाइयो, शान्ति पूजा नै तोडफोड गरी राष्ट्र राष्ट्रियता र संसारका बौधमार्गीमाथि नै आँच आउने गरी घटाइएको घटनाप्रति घोर भत्सर्ना गर्दछौं। त्यस्ता अपराध गर्ने व्यक्तिहरुलाई कारवाही गर्नुको साटो उल्टै प्रहरीले प्रोत्सान दिईएको छ’ विज्ञप्तिमा भनिएको छ।
बौद्ध तथा मेलम्ची घ्याङ गुठीको आन्दोलनमा निरज गोले अध्यक्ष भएको ह्याङ्ला ह्युल्सा गुम्बासहित ३० संघ संस्थाहरुको सहभागीता रहेको छ। गुठीका सल्लाहकार मनिष गङ्वा (लामा) ले स्तुपामै पूजा स्थलमै आक्रमण गरेर संसारका बौधमार्गीलाई लज्जित बनाएको बताएका छन्। उनले आक्रमणकारीलाई कारवाहीको गर्नुपर्ने माग गरे।
सरकारले असार ७ गते बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख चिनियाँ लामा रिम्पोछे भूपति बज्र लामालाई नियुक्त गरेको थियो।

प्रतिक्रिया