समाज


चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ८३ वटा वन्यजन्तु मरे

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ८३ वटा वन्यजन्तु मरे

फाइल तस्बिर


नेपालखबर
साउन ८, २०८२ बिहिबार ११:४८, चितवन

चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा ८३ वटा वन्यजन्तु मरेका छन्। जसमध्ये ४५ वटा प्राकृतिक कारणले मरेका हुन् ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार गत आर्थिक वर्षमा निकुञ्जमा २८ वटा गैँडा मरेका छन्। 

जसमध्ये १८ वटा प्राकृतिक कारणले, जुधेर तीन, विद्युतीय करेन्टबाट एउटा, बाढी पहिरोबाट दुई र दलदलमा फसेर तीन वटा मरेका निकुञ्ज प्रशासनले जनाएका छ। 

एउटा गैँडा मर्नुको कारण खुलेको छैन।

प्राकृतिक कारणले चितुवा एक र हात्ती पाँच वटा मरेका छन्। दुई हात्तीको मृत्युको कारण खुलेको छैन। 

एउटा बाघ जुधेर मरेको छ भने अर्को बाघ मर्नुको कारण खुलेको छैन। 

चित्तल १२ वटा प्राकृतिक कारणले मरेका छन् भने सडक दुर्घटनामा दुईवटा चितल मरेका छन्। 

तारजालीमा परेर एउटा र कुकुरले टोकेर १६ चित्तल मरेका छन्। जरायो तीन, रतुवा एउटा, घडीयाल गोही दुई, नीलगाई दुई, अजिङ्गर एक, स्याल एक, भालु एक र अन्य जनावर दुईवटा मरेका निकुञ्जले जनाएको छ।   

सोही समयमा १३५ वटा जनावरको उद्धार गरिएको छ। जसमा चार गैँडा, दुई बाघ, सात चित्तल, तीन  कछुवा, ३७ सर्प रहेका छन्। 

त्यसैगरी अजिङ्गर ६१, मगर गोही ११, घडीयाल गोही दुई, गिद्ध दुई, गोहोरो एउट, नील बिरालो एउटा र अन्य दुई जनावरको उद्धार गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad