समाज


भारतबाट भित्र्याउँदै गरेको ४ लाखको पटका बरामद

भारतबाट भित्र्याउँदै गरेको ४ लाखको पटका बरामद

फाइल तस्बिर


नेपालखबर
असोज २७, २०८२ सोमबार ८:२०, झापा

झापा प्रहरीले चार लाख रुपैयाँ मूल्य बराबरको अवैध पटका बरामद गरेको छ। 

तिहार र छठ पर्वलाई लक्षित गरि व्यवसायीले अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा भद्रपुर नगरपालिका- ५ राईबस्ति नजिकबाट विभिन्न किसिमका अवैध पटका र झिलिमिली बल्बहरू बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

गोप्य सूचनाको आधारमा खटिएको प्रहरीले चारवटा पलास्टिकका बोरामा ल्याउँदै गरेको पटका बरामद गरेको हो। 

प्रहरीलाई देखेपछि व्यापारी भने सामान छाडेर भागेका बताइएको छ। बरामद पटकासहितका बस्तु वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad