समाज


भिरबाट ट्रक खस्दा चालक र सहचालक गम्भीर घाइते

भिरबाट ट्रक खस्दा चालक र सहचालक गम्भीर घाइते

नेपालखबर
असोज २७, २०८२ सोमबार ८:३२, काठमाडौँ

धनकुटामा भिरबाट ट्रक खस्दा चालक र सहचालक गम्भीर घाइते भएका छन्। 

गएराति करिब दुईबजे धनकुटाबाट मुलघाटतर्फ आउँदै गरेको प्र.३-०१-००३ क ६९०६ नम्बरको मिनि ट्रक धनकुटा नगरपालिका-९ पाँच गोलाइमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

दुर्घटनामा ट्रकका चालक उदयपुरको उदयपुरगढी गाउँपालिका-५ का २६ वर्षीय नारायण खड्का र सहचालक उदयपुरकै रानीटारका २० वर्षीय दिनेश कार्की घाइते भएका हुन्। 

उनीहरु दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरुको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ ।

ट्रक सडकबाट करिब तीनसय मिटर तल खसेको प्रहरीले जनाएको छ। 

दुर्घटनाको खबर पाएपछि  सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेश मुलघाटबाट गएको टोली र जनपद प्रहरीले घाइतेलाई अस्पताल पुर्याएका हुन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad