समाज


जबर्जस्ती करणी कसुरमा १० वर्ष कैद सजाय भुक्तान गरिरहेका ६४ वर्षीय कैदीको मृत्यु

जबर्जस्ती करणी कसुरमा १० वर्ष कैद सजाय भुक्तान गरिरहेका ६४ वर्षीय कैदीको मृत्यु

नेपालखबर
जेठ ९, २०८३ शनिबार ९:१०, झापा

झापा कारागारमा कैद सजाय भुक्तान गरिरहेका एक कैदीको मृत्यु भएको छ। 

पाँचथरको नागी गाउँपालिका-९  घर भइ हाल जिल्ला कारागार झापामा १० वर्ष कैद सजाय भुक्तान गरिरहेका ६४ वर्षीय चन्द्र कुमार घिमिरेको मृत्यु भएको हो। घिमिरे जबर्जस्ती करणी कसुरमा कैद सजाय भुक्तान गरिरहेका कैदी हुन्। 

घिमिरेलाई स्वास बढ्ने, स्वास फेर्न गाह्रो हुने जस्ता समस्या देखिएपछि बिहीबार उपचारको लागि सुरुमा मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। 

उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि थप उपचारको लागि शुक्रबार ओमसाई पाथीभरा अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ। 

अवस्था थप गम्भीर भएपछि चिकित्सकको सल्लाह अनुसार उनलाई हिजै पाथीभरा अस्पतालमै आईसीयूमा राखेर उपचार हुँदै आएको थियो। 

गएराति उनको अवस्था थप जटिल भएपछि बिर्तामोडमा रहेको बीएन्डसी अस्पताल लगिएको थियो। 

सोही अस्पतालमा उपचारको क्रममा उनको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। 

घिमिरेको शव पोस्टमार्टमका लागि हाल सोही अस्पतामा राखिएको छ। 

जिल्ला अदालत झापाबाट १० वर्ष कैद फैसला भएका घिमिरेले ८ वर्ष ८ महिना १ दिन कैद भुक्तान गरिसकेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad