सिराहाको गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) श्रीधर केसीले पत्रकारलाई ज्यान मार्ने धम्की दिएकोप्रति क्षमा याचना गरेका छन्।
केसीले यही चैत २१ गते सिराहाका पत्रकार अर्जुन थपलियालाई गोली हानेर मार्ने र २० वर्ष जेल बस्ने भन्दै फोनमा धम्क्याएका थिए।
मानवीय त्रुटीको कारण आफूबाट फोनमा यस्तो अभिव्यक्ति आएको भन्दै उनले माफी मागेका हुन्।
गोलबजार नगरपालिकाका प्रतिनिधि र सिराहाका पत्रकारसहितको उपस्थितिमा बिहीबार उपसचिव केसी र थपलियाबीच सात बुँदे सहमति भएको छ।
हेर्नुहोस् सहमति पत्र
180
Shares
प्रतिक्रिया