सिरहाको गोलबजार नगरपालिका–३ स्थित मुसहर्नियामा एक युवकले आफ्ना दाजुको हत्या गरेका छन्।
बिहीबार बेलुका भाइको खुकुरी प्रहारबाट दाइको मृत्यु भएको प्रहरीले जनाएको छ।
२५ वर्षीय श्याम सदाले घरायसी विवादका क्रममा आफ्ना ३५ वर्षीय दाइ मोतीराम सदालाई खुकुरी प्रहार गरेका हुन्। छातीमा गम्भीर चोट लागेका मोतीरामलाई उपचारका लागि लहान प्रादेशिक अस्पताल लगिएको थियो। त्यहाँ पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोविन्दप्रसाद साहका अनुसार घटनापछि आरोपी श्याम फरार छन्। उनको खोजी भइरहेको छ।
शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ। दुई पक्षबीचको झगडा छुट्याउन गएको बेला श्यामले दाजु मोतिरामलाई खुकुरी प्रहार गरका प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक साहले बताए।
Shares

प्रतिक्रिया