समाज


स्कुलकलेजकै ड्रेसमा बर्दिवासमा पनि विद्यार्थीको प्रदर्शन

स्कुलकलेजकै ड्रेसमा बर्दिवासमा पनि विद्यार्थीको प्रदर्शन

नेपालखबर
भदौ २४, २०८२ मंगलबार ९:७, महाेत्तरी

हिजो १९ जना युवा-विद्यार्थीको मृत्यु र सयौँ घाइते हुनेगरि राज्यले गरेको दमनको बिरोधमा आज  बिहानैदेखि महोत्तरीको बर्दिबासमा विद्यार्थीले प्रदर्शन सुरु गरेका छन्। 

स्कुल- कलेजको ड्रेस र झोला बोकेरै विद्यार्थी सडकमा उत्रिउका हुन्। उनीहरुले विद्यार्थी मार्न पाइँदैन, भ्रष्ट सरकार मुर्दावाद जस्ता नारा लगाएका छन्। 

सामाजिक सञ्जालमा गरिएको प्रतिबन्ध, भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीले सोमबार गरेको प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागेर काठमाडौँमा १७ र सुनसरीको इटहरीमा २ गरि १९ जनाको ज्यान गएको छ भने सयौँ घाइते भएका छन्। 

सरकारविरोध प्रदर्शन चर्किने अवस्था देखिएपछि काठमाडौँ, ललितपुरसहितका जिल्लामा सरकारले कर्फ्यु आदेश जारी गरेको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad