स्थानीय प्रशासनले सर्लाही जिल्लामा गएको ६ दिनदेखि जारी गरेको कर्फ्यु हटाएको छ।
प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले शनिबार बिहान सूचना जारी गर्दै जिल्लामा कर्फ्यु हटाइएको जानकारी दिएका हुन्।
सूचनामा सदरमुकाम आसपासको क्षेत्रमा चार किल्ला तोकेर निषेधाज्ञा भने कायमै राखिएको उल्लेख छ।
निषेधाज्ञा कायम रहेका क्षेत्रमा नागरिकलाई आवतजावतमा कुनै अवरोध हुँदैन। तर, पाँचजना वा सो भन्दा बढी मानिस जम्मा हुन, भेला, जुलुश, प्रदर्शन, सभा, बैठक र घेराउ जस्ता गतिविधि गर्न भने नपाइएने प्रजिअ श्रेष्ठले जारी गरेको सूचनामा उल्लेख छ।

27
Shares

प्रतिक्रिया