रौटहटमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
चन्द्रपुर नगरपालिका-२ स्थित पूर्वपश्चिम राजमार्गमा ना.५ ख ७२४८ नम्बरको बसले ना.२५ प १०८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक चन्द्रपुर नगरपालिका-१ नयाँबस्ती बस्ने २६ वर्षीय शेख गुलामको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको चन्द्रपुरस्थित सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ।
390
Shares

प्रतिक्रिया