बाजुरामा एक युवकको हत्या भएको छ।
बुढीनन्दा नगरपालिका–६ को कोटिला निवासी स्थानीय ३२ वर्षीय निर रावतको हत्या भएको हो।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आपसी विवादका क्रममा गए राति १९ वर्षीय टेकेन्द्र रावतले निर रावतको हत्या गरेका हुन्।
प्रहरीका अनुसार स्थानीय होटलमा मदिरा पिएपछि दुवै मातेका थिए। त्यसक्रममा उत्पन्न विवादले उग्र रुप लिँदा नीरको ज्यान गएको हो। टेकेन्द्रले प्रहार गरेको ढुङ्गाले लागेर नीरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
आरोपी टेकेन्द्रलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक नरेश बहादुर शाहीले जानकारी दिए।
इलाका प्रहरी कार्यालय बुढीनन्दाको टोलीले टेकेन्द्रलाई गएराति नै पक्राउ गरेको हो।
357
Shares

प्रतिक्रिया