ad ad

खेल


आईपीएलः चेन्नईको लगातार तेस्रो हार

आईपीएलः चेन्नईको लगातार तेस्रो हार

नेपालखबर
चैत २१, २०७८ सोमबार ६:५८, काठमाडौँ

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको खेलमा चेन्नई सुपर किंग्स पञ्जाब किंग्ससँग  ५४ रनले पराजित भएको छ।

जारी आईपीएलमा चेन्नईले लगातार तेस्रो हारको सामना गरेको हो। पञ्जाबको लागि भने तेस्रो खेलमा यो दोस्रो जित हो। 

आइतबार भएको खेलमा पहिला ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८० रनको स्कोर खडा गरेको थियो।

जवाफी ब्याटिङमा उत्रिएको चेन्नईले १८ ओभर खेल्दै सबै विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो। 

आज आईपीएलमा सनराजइजर्स हैदराबाद र लखनऊ सुपर जायन्ट्सबीचको खेल हुनेछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .