ad ad

खेल


अफगानिस्तानविरुद्ध दोस्रो खेलमा पनि आयरल्यान्ड विजयी

अफगानिस्तानविरुद्ध दोस्रो खेलमा पनि आयरल्यान्ड विजयी

नेपालखबर
साउन २७, २०७९ शुक्रबार ८:१, काठमाडौँ

टी–२० सिरिजअन्तर्गत अफगानिस्तानविरुद्ध दोस्रो खेलमा पनि घरेलु टोली आयरल्यान्ड विजयी भएको छ। ५ विकेटले विजयी आयरल्यान्डको यो लगातार दोस्रो जित हो। पहिलो खेलमा आयरल्यान्ड ७  विकेटले विजयी भएको थियो।  

दोस्रो खेलमा अफगानिस्तानले दिएको १२३ रनको लक्ष्य आयरल्यान्डले १९ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको हो। आयरल्यान्डका लागि कप्तान एन्ड्रयु बलबर्नीले सर्वाधिक ४६, लोर्कन टकरले २७ र जर्ज डकरेलले अविजित २५ रनको योगदान गरे। 

यसैगरी अफगानिस्तानका लागि कप्तान मोहम्मद नाबीले २,  मुजिउर रहमान, नवीन–उल–हक र फजलहक फारुकीले एक÷एक विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२२ रन बनाएको थियो। 

बेलफास्टस्थित सिभिल सर्भिस क्रिकेट क्लबमा भएको खेलमा पाहुना टोलीका लागि हसमतुल्लाह शहिदीले सर्वाधिक ३६, इब्राहिम जाद्रनले १७, अजमतुल्लाह ओमरजाईले ११ र नवीन–उल–हकले अविजित १० रनको योगदान गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .