ad ad

खेल


‌ओरालो यात्राको म्यानचेस्टर युनाइटेडबारे एलन मस्कले पनि गरे मजाक

‌ओरालो यात्राको म्यानचेस्टर युनाइटेडबारे एलन मस्कले पनि गरे मजाक

नेपालखबर
भदौ १, २०७९ बुधबार १३:३२, काठमाडौँ

एलन मस्कले मंगलवार ट्वीट गर्दै इङ्ग्लिस फुटबल क्लब म्यानचेस्टर युनाइटेड किन्ने घोषणा गरे। 

केही समयअघि ट्विटर खरिद गर्ने निर्णयबाट पछि हटेका उनले युनाइटेड किन्ने घोषणाको चार घण्टापछि फेरि लेखे : म मजाक गरिरहेको थिएँ।

विश्वका सबैभन्दा धनी विद्युतीय कार कम्पनी टेस्लाका सीईओ मस्कको यो भनाइलाई लिएर एकातिर हाँसीमजाक भइरहेको छ भने अर्कातिर आलोचना पनि।

लामो समयदेखि इङ्ग्लिस प्रिमियर लिगको उपाधि जित्न नसकेको युनाइटेड यो सिजनका दुवै खेलमा तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वीसँग हारेर तालिकको अन्तिममा छ।

उनले बुधबार बिहानै ५७ हजार करोडको बजार मूल्य भएको फुटबल क्लब म्यानचेस्टर युनाइटेड किन्ने घोषणा ट्विटरमार्फत गरेका थिए। 

अप्रत्यासित ट्विटपछि उनका फलोअरले प्रश्नको बर्षा गरेका थिए। त्यसपछि उनले आफ्नो बोली फेर्दै आफूले मजाक गरेको जवाफ दिएका छन्। 

उनले मजाक मजाकमा युनाइटेडबारे गरेको ट्विटले तरंग ल्याएको थियो। उनले यसअघि ट्विटर पनि किन्ने टुंगो गरेपछि रद्द गरिसकेका छन्। 

मस्क ट्विटरमा गम्भीर छैनन्
फुटबल क्लब म्यानचेस्टर युनाइटेड र ट्विटर किन्ने सम्झौताका साथै एलन मस्क आफ्नो गैरजिम्मेवार ट्वीटका लागि चर्चित छन्। 

यसअघि उनले मजाक गर्दै राजनीतिक पार्टीमा पनि पनि जोडिएको लेखेका थिए। 'यो प्रष्ट छ कि म आधा रिपब्लिकन पार्टीको र आधा डेमोक्रेटिक पार्टीको समर्थन गर्छु', उनले मजाक गर्दै भनेका थिए। 

म्यानचेस्टर युनाइटेड क्लब अमेरिकी ग्लेजर परिवारको स्वामित्वमा छ। यसलाई ग्लेजर परिवारले सन् २००५ मा १२,०८१ करोड रुपैयाँमा किनेको थियो। 

मस्कको म्यानचेस्टर युनाइटेड क्लब किन्ने ट्विटर पोस्टबारे ग्लेजर परिवारको कुनै प्रतिक्रिया आएको छैन। फोर्ब्सका अनुसार म्यानचेस्टर युनाइटेडको मार्केट भाउ करिब ५७ हजार करोड रुपैयाँ छ।

म्यानचेस्टर युनाइटेड विश्वकै उत्कृष्ट फुटबल क्लबमध्ये एक हो। क्लबले १३ पटक प्रिमियर लिगक उपाधि उचालेको छ। उसले ३ पटक च्याम्पियन्स लिगको उपाधि पनि जितिसकेको छ। यसका अलावा २० पटक इङ्ल्यान्ड च्याम्पियन भइसकेको छ।

एलन मस्कले यसअघि ट्विटर किन्ने सम्झौता तोडेका थिए। यसलाई लिएर ट्विटरले मस्कविरुद्ध मुद्दा नै हालेको छ। ट्विटरले अर्बपति मस्क नक्कली खाताको प्रयोग गरेर सम्झौताबाट बाहिरिने बहाना खोजिरहेको आरोप लगाएको छ।

ट्विटरसँग चलिरहेको कानुनी लडाइँबीच टेस्लाका  सीईओ मस्क केही ठूलो कदम चाल्ने तयारीमा छन्। समाचार अनुसार एलन मस्क चाँडै आफ्नो नयाँ सामाजिक सञ्जाल एक्स डटकम लन्च गर्ने योजनामा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .